यौनिक डेष्क/
गर्भावस्थामा भएका अधिकांश महिलाहरूको मनमा अनेकौ कौतुहलता वा जिज्ञासाहरू उब्जिएका हुन्छन । ती मध्ये प्रमुख रुपमा यौनिकता सम्बन्धी जिज्ञासाहरू पनि पर्दछन । अध्ययनहरूका अनुसार अधिकांश महिलाहरूमा गर्भधारण भएर बच्चा पेटमा चलेको थाहा पाएपछि यौनसम्पर्कको कारण गर्भ असुरक्षित हुन्छकि भन्ने डर र शंका उत्पादन भएको हुन्छ तरपनि प्राय महिलाहरूले यौन सम्पर्क गरिरहेका पनि हुन्छन । त्यस्ता केहि जिज्ञासाहरू यस्ता पनि छनः
गर्भावस्थामा यौन सम्पर्क कति सुरक्षित छ ?
पाठेघर भित्र बच्चा रहेको हुन्छ र यौन सम्पर्क गर्दा पुरुषको लिङ्ग पाठेघर भन्दा बाहिरको योनी मार्गसम्म मात्र सिमित हुनेहुँदा पाठेघर भित्र रहेको बच्चालाई कुनै हानीनोक्सानी हुदैन । त्यसैले गर्भावस्थाको यौनसम्पर्कलाई सुरक्षित नै मानिन्छ तर जोसैजोसमा पेटमा दबाब नपरोस भन्ने कुरामा ख्याल पुर्याउनुपर्दछ । गर्भावस्थाको पेटमा लगातार धेरै दबाब परिरहेमा रगत बग्ने वा गर्भ तुहिने सम्भावना रहन्छ । कतिपय श्रीमतिहरूले श्रीमानको यौन चाहना पुरा नहोला जसको कारण परस्त्रीसँग यौनसम्पर्क होला भन्ने शंकाले गर्दा श्रीमानसँग यस्ता कुरा नभनिरहेका हुन्छन । कतिपय श्रीमानहरूमा पनि भ्रम रहेको हुन्छ कि गर्भाअवस्थामा श्रीमतिलाई यौन सम्पर्कको चाहना हुँदैन त्यसैले आफ्नो मात्रै चाहना पुरागरिरहेको छु भनेर । वास्तवमा गर्भावस्थामा पनि अरु समयमा जस्तै महिलाहरूलाई यौन चाहना भएको हुन्छ र यौन सम्पर्कमा आनन्द लिइरहेका हुन्छन । यदि गर्भावस्थाको कारणले उनीहरूमा मानसिक तनाव छ भने चाहिँ यौन चाहना नहुन सक्छ । यौन चाहना नभएको बेलामा यौन सम्पर्क गर्दा आनन्द नआउने मात्रै होइन कि चाहना विपरित यौन सम्पर्क गर्दा पीडादायी हुनपनि सक्छ । मानसिक चिन्ता भएमा परामर्शको लागि मनोसामाजिक परामर्शकर्ता वा स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्न सकिन्छ ।
के त्यसोभए गर्भावस्थामा यौन सम्पर्क गर्दा फाइदा नै हुन्छ ?
दुबैजनाको चाहना र आपसी सहमतीमा भएको यौन सम्पर्कले गर्दा फाइदा नै हुन्छ । अध्ययनहरूले बताए अनुसार गर्भावस्थामा पनि नियमित यौन सम्पर्क गर्दा गर्भवती महिलाले जति आनन्दा पाएका हुन्छन त्यो आनन्द अरू विधिबाट भन्दा निकै धेरै पाएका हुन्छन एकातिर भने अर्को तिर गर्भावस्थामा केहि मानसिक समस्याहरू पनि थपिने हुँदा नियमित यौन सम्पर्कले यसलाई न्युनकरण गरिरहेको हुन्छ । त्यसका अलावा श्रीमानले नियमित यौन सम्पर्क गर्दा मायाँ पाएको अनुभति पनि गरिरहेको हुँदा गर्भावस्थामा गरिने यौन सम्पर्क फाइदाजनक छ ।
गर्भावस्थामा नियमित यौन सम्पर्कले पेटको बच्चाको लिङ्ग परिवर्तन हुन्छ ?
कतिपय श्रीमान श्रीमतिहरूमा यो पनि भ्रम भएको पाइन्छ । यो गलत कुरा हो । किनकि छोरा हुने वा छोरी भन्ने कुरा पूरुषको विउ (शुक्रकिट) मा भर पर्छ । गर्भहुँदा श्रीमतिको पाठेघरमा निस्केको डिम्बसँग श्रीमानको भाले विउ निशेचित भए छोरा बन्छ र पोथी विउ निशेचित भए छोरी बन्छ । निशेचित भइसकेपछि जै बन्यो त्यो फेरी परिवर्तन कुनै पनि हालतमा हुदैन ।
बच्चा जन्माउदा योनी च्यातिने हुनाले त्यसपछि यौनी खुकुलो हुनेहुँदा यौन सम्पर्क गर्दा ठ्याक्कै पहिलाको जस्तो यौन आनन्द आउदैन । यस्तो हुन नदिन के उपाय उपनाउन सकिनछ होला ?
यो सरासरी गलत धारणा हो । उहि भ्रमका कारण कतिपय महिलाले पेट चिरेर बच्चा जन्माउका हुन्छन । बच्चा जन्मिने दिन नजिकिदै जाँदा बच्चा जन्मन सजिलो होस भनेर योनी द्बार र योनीको मुखको आकार विस्तारै बढ्दै खुकुलो हुदै आएको हुन्छ । अनि, बच्चा जन्मने क्रममा योनी तन्कने कुरा सही हो । योनी द्बार सबैतिर तन्कदा बाहिरी भाग नदेखिने किसिमको च्यातिए जस्तो देखिन्छ तर यो केहि दिनमै आफ्नो पुरानो आकारमा फर्कन्छ । योनी मात्रै हैन बच्चा जन्मि सकेपछि पाठेघर पनि गर्भधारण गर्नुभन्दा पहिलाको जस्तै पुरानै आकारमा फर्किएको हुन्छ । यसलाई प्रकृतिले नै मिलाएको हुन्छ । सुत्करी गराउन स्वास्थ्य संस्थामा लगेमा चिकत्सक र स्वास्थ्यकर्मीहरूले यसलाई सुरक्षित तरिकाले जन्माउछन । यदि योनीको मुखबाट बच्चा जन्मन सकेन भने योनीको बाहिरी भागलाई हल्का चिरेर बच्चा जन्माएको भएपनि त्यसलाई सिलाई दिएर घाउ निको पार्ने उपचार गरी योनीलाई पुरानै अवस्थामा आउने बनाएका हुन्छन । यस्तो घाउ पूर्ण रूपमा निको भइ योनी पुरानै अवस्थामा आउन प्रायः छ हप्ता जति लाग्छ । टाँका लगाएको हुनाले घाउ निको नहुन्जेल यौनसम्पर्क गर्नु चाहिँ हुँदैन । त्यतिञ्जेल श्रीमानले संयमता अपनाउन अनिवार्य छ ।
बच्चा जन्माइ सकेपछि महिलाहरूको शरीर किन पहिलाको जस्तो नभएको ?
धेरै महिलाहरू बच्चा जन्माइ सकेपछि मोटाएको देखिने हुनाले कतिपय गर्भवती महिलाहरू बच्चा जन्माएपछि मोटी भइने कुराले पिरोलिएका हुन्छन । धेरैले त बच्चा जन्मनु अगाडिको जस्तो हुदैहुदैन भनेर अरूलाई पनि भनिरहेका हुन्छन । उनीहरूका कतिपय श्रीमानहरू पनि श्रीमति मोटी हुने कुराले चिन्तित भएका पाइन्छन । गर्भवती अवस्थामा स्तन र पेट स्वभावैले बढ्दछ । हो गर्भावस्थामा साविक भन्दा धेरैपटक पोषिला खाना खानु आवश्यक छ तर पोषण पुर्याउने नाममा हाम्रो समाजमा शरीरलाई चाहिने भन्दा धेरै खाना खाने प्रचलन छ । त्यसमा पनि चिल्लो पदार्थहरू अत्याधिक खानुपर्छ भन्ने मान्यताका कारण पनि स्वभाविकै रुपमा मोटाएका हुन्छन । हाम्रो समाजमा सुत्केरीलाइ अनेकौं भ्रमका कारण फलफूल तथा सगसब्जी खान नदिने र दिएपनि बच्चालाई सन्चो हुदैन भन्ने भ्रमका कारण अति सिमित मात्रै दिने गरिएको पाइन्छ । तर आवश्यकता अनुसार खाने र फाइबर भएका खाना (हरियो तरकारी, फलफूल, धेरै नफलेका चामल आदि) ठीक समयमा ठीक मात्रामा खाएमा मोटाउने सम्भावना हुदैन र ६ हप्तापछि घरको नियमित काम तथा हलुका व्यायाका साथै ४ महिना पछि शारीरिक व्यायाम गर्दा पहिलाकै जस्तो अवस्थामा आउन सकिन्छ । कतिपय त उमेर अनुसार शरीरिक परिवरतन पनि हुनेहुँदा ठ्याक्कै पहिलाको जस्तो हुने सम्भावना त कहिल्यै पनि हुन सक्दैन । सुत्करी अवस्थामा तन्किएका पेटको बहिरी छाला र स्तन वस्तारै कस्सिएर पुरानै अवस्थामा आउन थाल्छन ।