• २०७८ कार्तिक ४, बिहिबार
  • |
  • Thursday 21st October 2021
  • पहिलो बच्चा जन्माउन किन २० बर्ष पर्खनु ?

    १ आश्विन २०७७, बिहीबार १२:३३

    यौनिक डेष्क /

    बीस बर्ष अगाडि भएको विवाहलाई नेपालको कानुनले बदर गर्नसक्छ तर गर्भधारण त बदर हुदैन । त्यसैले कम उमेरमा विवाह गरे वा भए पनि बच्चा जन्माउन भने २० बर्षको  उमेरसम्म पर्खने दम्पत्ती असाध्यै विरलै हुनाको कारण नै मातृ तथा बाल मृत्युमा अपेक्षित रुपमा कमि नआएको तथ्यतथ्याङ्कहरूले देखाएको छ ।  

    विकासको प्रमुख सूचकहरूमा मातृ तथा शिशुमृत्युदरलाई पनि प्रमुख रुपमा लिइने हुनाले यहि अवस्थाबाट बचाउनका लागि नेपालमा विवाहको उमेर नै २० बर्षको बनाउन परेको हो तर पनि बालविवाह उल्लेखित रुपमा घटेको छैन । अभिभावकहरूले नै गरिदिने बालविवाहमा क्रमशः कमि आएको देखिए तापिन किशोरकिशोरीहरूले आफु खुसिमा गर्ने विवाहको सङ्ख्या भने दिनानुदिन बढेको पाइन्छ ।

    के हुन्छ २० बर्ष अगाडि गर्भधारण गर्दा ?

    बीस बर्ष पछिको उमेरलाई बच्चा जन्माउनका लागि उपयुक्त उमेर मानिन्छ । यो प्रजनन स्वास्थ्यका सिद्धान्तका आधारमा नै तय गरिएको हो । यस अघिको गर्भ शारीरिक विकास र परिपक्वताको आधारमा असुरक्षित मानिन्छ । नेपालमा किशोरकिकोरीहरूले असुरक्षित यौन सम्पर्क गर्नेहुँदा १४ बर्षकै उमेरमा गर्भधारण गर्नेको संख्या उल्लेख्य छ  ।  जहाँ सुरक्षित यौन व्यवहार सम्बन्धी शिक्षा र जीवनोपयोगी सीपको कमि छ त्यस समाजमा अन्यत्र भन्दा धेरै किशोरी गर्भवती भएको पाइन्छ । किशोरी गर्भवती हुनुभनेको युवावस्थाको भन्दा धेरै नै जोखिम उठाउनु हो । अध्ययनहरूका अनुसार युवास्थामा हुने गर्भधारण भन्दा किशोरी अवस्थाको गर्भावस्था  २ देखि ५ गुणासम्म जोखिम बढी हुन्छ । यस कारण हो  २० बर्षभन्दा पछिको उमेरलाई मात्रै बच्चा जन्माउने उपयुक्त उमेर  भनिएको र कानुनमा विवाहकोलउमेर तोकिएको ।

    कम उमेरमा गर्भधारण हुँदा प्रजनन स्वास्थ्यमा कस्ता नकारात्मक असरहरू पर्छन ?

    कुनै पनि महिलाको  लागि गर्भवती हुनु भनेको जीवनको सबैभन्दा खुसिको कुरा हुनसक्छ तर त्यसँगै जोखिम पनि त्यतिकैं हुने गरेको पाइन्छ । त्यसमा पनि किशोरावस्थामाल गर्भधारण हुनु भनेको झन धेरे जोखिममा पर्नु पनि हो । किशोरावस्थामा गर्भधारण हुनुभनेको व्यक्तिगत प्रगति (शिक्षा, आर्थिक, सामाजिक सम्बन्ध) मा ठूलो बाधा पर्नु एकतिर त छ संगै अर्को तिर त्यसैको कारणले जीवन भरी नै प्रभाव परेको हुन्छ । किशोरी अवस्थामा गर्भवती हुनु र बच्चा जन्माउनु आमा र बच्चा दुवैको स्वास्थ्यको लागि खतरा हुनसक्छ । नेपालमा हाल प्रति एक लाख जवित बच्चामा २ सय ५८ मातृमृत्युदर रहेको छ । (MMR study-WHO,UNFPA,UNICEF 2014) . नेपालमा झण्डै एक तिहाइ महिलाले १८ वर्षमै तथा लगभग ५० प्रतिशत महिलाले २० वर्षसम्ममा पहिलो बच्चा पाउने गरेको देखिएको छ । विगत ५ वर्षमा किशोरावस्थामा आमा बन्नेको संख्यामा भने १० प्रतिशतले कमी आएको भए पनि अझै करिब १६ प्रतिशत किशोरीले १५ देखि १९ वर्षभित्रै पहिलो बच्चा जन्माएको देखिन्छ (NDHS 2016) ।

    किशोरी आमाहरूले जन्माएका शिशुहरूको कम तौल रहेको र त्यस्ता नवशिशुहरू बचाउन गाह्रो हुने र समय नपुगी जन्म हुने गरेको छ । नेपालमा युवा महिला (२०–२४ बर्ष) को तुलनामा किशोरीहरूको गर्भधारणको कारण हुनेमृत्युदर २ देखि ५ गुणा बढी छ (WHO 2014)  । त्यसैगरी किशोरीहरू (१५–१९ वर्ष) को गर्भधारण दर प्रति एक हजार जनामा ८८ जना छन् (NDHS 2016)

    किशोरी अवस्थामा प्रजनन स्वास्थ्यका साथै अन्य शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत प्रतिकुल प्रभाव पर्दछ ।

    • किशोरावस्थामा गर्भवती हुनुपर्नाले गर्भावस्थमा उच्च रक्तचाप हुनसक्ने
    • आफ्नै लागि पर्याप्त पोषण चाहिने उमेर भएकोहुँदा गर्भको बच्चलाई पोषण नपुग्नाले कम तौलको बच्चा जन्मने हुँदा बचाउन गाह्रो हुने 
    • किशोरी गर्भवती हुँदा युवा तथा वयस्क उमेरमा भन्दा बढि रक्तअल्पता हुन सक्ने
    • अस्वस्थताका कारण गर्भको पुरा अवधि नपुग्दै बच्चा जन्मने हुँदा बच्चा बचाउन कठिन हुने
    • अवरोधयुक्त / धेरै पिडादायी प्रसव हुन सक्ने
    • अत्यधिक रक्तस्राव हुन सक्ने हुँदा गर्भवतीको ज्यान खतरामा पर्नसक्ने
    • बच्चा जन्मिएपछि आङ खस्ने समस्या आउनसक्ने
    • किशोरावस्थामा शारीरिक बृद्धि संगै प्रजनन अङ्गहरूको पनि राम्रोसँग र पुर्ण रुपले विकास भइनसकेको अवस्थामा  सूत्केरी व्यथा लामो हुनसक्छ । लामो समय ब्यथा लाग्दा बच्चा जन्मने क्रममा यौनीमार्ग साँघुरो हुँदा योनिमार्ग च्यातिने र कहिलेकहि मूत्रथैलीमा समेत चोटपटक परी प्वालपर्न जाने (Visio-Vaginal Fistula) यसो भएमा योनिमार्गबाट दिसापिसाव चुहिने हुँदा दुर्गन्धित भएर बस्नुपर्ने हुन्छ र यसको उपचार पनि निकै खर्चिलो हुनजान्छ । महिलाको जीवन ज्यादै नै कष्टपूर्ण हुन सक्दछ ।
    • युवा अवस्थामा भन्दा तुलनात्मक रुपमा किशोरी अवस्थामा सुत्केरी हुनेहरूमा मानसिक नैरास्यता बढि देखिएको छ ।
    • धेरै छिटो पुनः गर्भधारण हुन सक्ने सम्भावना छ ।
    तपाइको मत
  • भिडियो सामाग्री