• २०७७ कार्तिक ८, शनिबार
  • |
  • Saturday 24th October 2020
  • छोरा कि छोरी जन्माउने ? सजिलै बुझ्न सक्नेगरी कसरी सिकाउने / पढाउने ?

    २३ आश्विन २०७७, शुक्रबार २१:३४

    -यौनिक डेस्क /

    बृहत यौनिकता शिक्षाको पठनपाठन गराउन विशेष किशिमको तालिम लिएमा नै सहज हुने छ । अन्यथा विषयबस्तुको ज्ञान प्रयार्प्त भएर पनि न त शिक्षकहरू विद्यार्थीहरूलाई न त प्रशिक्षकहरूले युवाकिशोरशकिशोरीहरूलाई समुदायमा सिकाउन सकिन्छ ।

    त्यसका लागि शिक्षक, प्रशिक्षक तथा सहजकर्ताहरूका लागि यस विषयमा सिकाउन सहज होस भनि यहा केहि सहज हुनसक्ने प्रक्रिया र तौरतरिकाहरूसँगै साथै जानाकारीहरू पनि प्रस्तुत गरिएको छ ।

    पहिलो चरणः

    विद्यार्थी/सहभागीहरूसँग यो विषयका बारेमा के के जानाकारीहरू छन भनि सोध्नुहोस । किनकि उनीहरूसँग यस सम्बन्धी जानाकारीहरू कति सही र कति भ्रमहरू भन्ने कुराको जानाकारी पाउन आवश्यक छ । जसको कारण तत्कालै कुन कुन जानाकारीहरूलाई मुख्य प्राथामिकतामा राखेर सही जानाकारी दिने र भ्रमहरू हटाउने भन्ने योजना बनाउन सजिलो हुन्छ । यसपछि गर्भधारण हुँदा छोरा वा छोरी कसरी हुन्छ भनि सामान्य भाषामा र छोटाछोटा वाक्यहरूमा बताउने । यसका बारेमा बुझे नबुझेको थाहा पाउन बीचबीचमा सहज तरिकाले प्रश्नहरू सोध्दै जाने । विद्यार्थीहरू मध्ये सही जानाकारी दिनेलाई स्यावास्सी वा धन्यवाद दिने र गलत जानाकारी भएका विद्यार्थीहरूलाई मनोवैज्ञानिक रुपमा असर नपर्नेगरी जानाकारी गलत भएको बताउने र सही जानाकारी पाउनको लागि ध्यानाकर्षण गरि दोस्रो चरणमा प्रवेश गर्ने ।

    दोस्रो चरणः यस चरणमा छोरा वा छोरी कसरी हुन्छ भनि जाकारी दिन लघु प्रवचन गर्ने । त्यसको लागि तल प्रस्तु गरिएका विवरणहरूले सहयोग पुग्नसक्छ ।

    पुरुषको शुक्रकिट अनुसार नै छोरा वा छोरी हुन्छ । किनकि यौनसम्पर्क हुँदा पुरुषको वीर्यथैलीमा जम्माहुने हजारौंहजार शुक्रकिटहरू दुई किसिमका क्रोमोजमवाला हुन्छन । त्यस मध्ये एक किसिमको क्रोमोजोमलाई अङ्ग्रेजी अक्षरको ‘X’ (एक्स) नामाकरण गरिएको छ र अर्को किसिमको क्रोमोजमलाई ‘Y’ (वाई) नामाकरण गरिएको छ । यसलाई पुरुष विऊ पनि भन्न सकिन्छ । महिलाको डिम्बासयले उत्पादन गर्ने डिम्बमा ‘X’ क्रोमोजम मात्रै हुन्छ । यसलाई महिला विऊ पनि भन्न सकिन्छ ।

    प्रत्येक डिम्ब र शुक्रकिटहरूमा २३/२३ वटा क्रोमोजोमहरू हुन्छन र ती क्रमोजोमहरूले गर्भ रहँदाको अवस्था मै जन्मनेवाला बच्चाको (मानिसको) बंशाणुगतका गुणहरूका साथै उसको अन्य जैविक (बौद्धिक, शारीरिक, मानसिक, जीवनोपयोगी सीप आदि) गुणहरू निर्धारण गर्दछ । डिम्ब र शुक्रकिटको क्रोमोजमहरू दुबैको २३ औं क्रोमोजोमले चाहिँ जन्मनेवाला बच्चाको लिङ्ग निर्धारण गर्दछ । यदि पुरुषको शुक्रकिटको २३ औं क्रोमोजोम चाहिँ ‘Y’  भएमा महिलाको डिम्बसँग उक्त Y पुरुष विऊ निशेचित हुँदा छोरा बन्दछ किनकि त्यहाँ  ‘Y’ र ‘X’ क्रोमोजोमको मिलन भएको हुन्छ । त्यसैगरी, यदि पुरुषको शुक्रकिटको २३ औं क्रोमोजोम ‘X’ भएमा महिलाको डिम्बसँग निशेचित हुँदा छोरी बन्दछ । किनकि महिलाको डिम्बमा X क्रोमोजोम मात्रै हुने हुनाले दुबैको मिलेर XX  भएको हुँदा छोरी भएको हो ।

    तेस्रो चरणः

    तपाईले छोराछोरी कसरी हुन्छ भनि बताउनु भए अनुसार सहभागीहरूले बुझे नबुझेको स्पष्ट हुन आवश्यकता परे फेरि दोहोर्याए बताउनुहोस । त्यसपछि बोर्ड वा ठूलो कागजमा नक्सा कोरेर देखाउनुहोस । माथिल्लो भागमा फराक ठाउँ राखेर XX  र YY लेख्नुहोस र त्यसको तल्लो भागमा छोरा र छोरी बन्न सक्ने गरि छोरा बन्न XY  र छोरी बन्न  XX रेखा तानेर देखाउदै स्पस्ट पार्नुहोस ।

    चौथो चरणः

    सहभागीहरूलाई डिम्ब र शुक्रकिटको चित्र देखाउनुहोस र चिनाउनुहोस । सहभागीलाई छोराछोरी खेल खेल्नका लागि तयार बनाउनुहोस । यसमा सबैजना सहभागी हुनुपर्छ भन्ने अनिवार्य छैन तर कम्तिमा ५ जोडी हुँदा राम्रो हुन्छ । खेललाई निम्न प्रक्रिया अनुसार खेलाउनुहोस

    • यो विषय सञ्चालन गर्नुपूर्व पाठ योजना बनाउँदै तपाईले पुरुष र महिला अङ्कित रङ्गले छुट्याउने ससाना एउटै साइजका कागजका गोलाहरू तयार गरेको हुनुपर्नेछ ।
    • सबै सहभागीहरूलाई एउटा कोठाको बीचको ठाउँ खाली राखेर भेला गराउनुहोस । खेलमा सहभागी हुनेहरूलाई बराबरी संख्यामा दुई भागमा विभाजन गर्नुहोस् र एक अर्कातिर फर्किन लगाएर आमुनेसामुनेकालाई जोडी बनाउनुहोस । एकलाईनका सहभागीहरूलाई महिलाको रुपमा र अर्कालाई पुरुषको रुपमा खेलको भूमिका निभाउन बताईदिनुहोस । (महिलालाई महिलाको भूमिकामा मात्रै र पुरुषलाई पुरुषको भूमिकामा मात्रै नराख्नुहोस । मिसाउनुहोस महिला- महिला, पुरुष-पुरुष र महिला-पुरुष)
    • दुबै तिरका सबै सहभागीहरूलाई एउटा हात जिउको पछाडी लगेर आधा मुठ्ठी बाध्न लगाउनुहोस
    • महिला भूमिकाको लाइनमा भएका सहभागीहरू सबैलालाई पहेलो रङ्गको कागजको गोलाहरू हातमा राखि दिनुस । तुरुन्तै उनीहरूले त्यो रङ्ग नदेखुन । तपाईहरूको हातमा महिलाको X बिउ राखिएको छ मात्रै भन्नुहोस ।
    • त्यसैगरी पुरुष भूमिकाको लाइनमा भएका सहभागीहरूलाई पनि उहि अवस्थामा राखेर उनीहरूको दुई हातमा फरक रङ्गको गोला हाल्नुस तर दुई रङ्ग मध्ये एक रङ्ग चाहिँ महिलाको हातमा राखेको महिला बीऊ जनाउने Y कोलागि पहेलो रङ्गको नै हुनुपर्नेछ । जस्तैः महिलाको हातमा महेलो रङ्गको गोला हालेको हो भने पुरुषको हातमा हालेको गोलाहरू मध्ये एउटा गोला चाहिँ पहेलो र अर्को सेतो अरू कुनै तर एकै रङ्गको हुनुपर्नेछ ।
    • उनीहरूलाई तपाईहरूको हातमा एउटा हातमा पुरुष Y र अर्कोमा महिला X राखिएको छ भन्नुहोस । थप भन्नुहोस तपाईको पुरुष बीऊ Y  सेतो रङ्गको गोलाहरू छन भने महिला बीऊ X पहेलो रङ्को गोलाहरू छन । त्यस्तै महिलाहरूको हातमा महिला बिऊ X जनाउने सबै रङ्ग पहेलो छ । 
    • आमुने सामुन्नेका जोडीहरूलाई उनीहरूले छोरा वा छोरी चाहेको बारे आपसमा सोध्न लगाउनुहोस र पुरुषको भूमिकामा भएको एकजनाले महिलाको भूमिकामा भएको आफ्नो जोडीलाई एउटा चाहिँ हातको शुक्रकिट दिन लगाउनुहोस । महिलाको हातमा भएको पुरुषको गोला पुरुष विउ Y जनाउने पहेलो  पर्यो कि महिला विऊ X जनाउने सेतो पर्यो हेरेर बताउन भन्नु होस । यदि पुरुषको हातको सेतो गोला परेको भए छोरा जन्मने भयो र पहेलो रङ्गको गोला पर्यो भने छोरी जन्मने भयो । यो क्रमलाई क्रमशः अगाडी बढाउनु होस र सबैलाई सोध्दै जानुहोस ।
    • खेलको यो क्रम सकिएपछि सहभागीहरूमा प्रत्येक जोडीमा कति जनाको छोरा भयो र कति जनाको छोरी भयो भनि सोध्नुहोस
      • छोरा चाहेर पनि छरी पाएको र छोरी चाहे पनि छोरा पाएका कति जना भए?  
      • छोरा वा छोरी जे चाहेको हो त्यहि पाउने कति जना भए?
      • छोरा वा छोरी जन्मिनुमा कस्को भूमिका हुन्छ ? किन ?    

    पाँचौं चरणः सहभागीहरूलाई यो खेलबाट के शिक्षा पाइयो भनि सबैलाई सोध्नुहोस र उनीहरूले भनेका कुराहरूलाई समेटेर थप कुराहरू समेतको सारांश बताइदिनुहोस । 

    तपाइको मत