[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. सुत्केरीको मानसिक समस्या किन हुन्छ र कसरी व्यवस्थापन गर्ने ? | Yaunik Media
  • २०८२ बैशाख १५, सोमवार
  • |
  • Monday 28th April 2025
  • सुत्केरीको मानसिक समस्या किन हुन्छ र कसरी व्यवस्थापन गर्ने ?

    २० कार्तिक २०७७, बिहीबार १४:१३
    • यौनिक डेस्क

    सुत्केरी अवस्थामा मानसिक समस्या (Post-partum Depression)

    परिवारमा गर्भवतीको स्याहार गर्नु भनेको पोसिलो  आहार नियमित खुवाउनु हो भन्ने बुझाई धेरै मानिसमा हुन्छ । हाम्रो समाजमा यो किसिमको स्याहार पनि कि त सासू वा घर बाहिर भए मात्र श्रीमानले गरेका हुन्छन् । आमा र बच्चाको कुपोषणबाट बचाउनका लागि भनेर गरिने व्यवस्थापन

    जत्तिकै महत् पूर्ण उनीहरूको मानसिक स्वास्थ्य पनि हो । गर्भ अवस्थामा मानसिक तनाव भइ नै रहेमा त्यसको असर गर्भको बच्चालाई पर्ने मात्र नभई बच्चा जन्मे लगत्तै सुत्केरीलाई त्यसको परिणाम देखिन्छ जसलाई सुत्केरी अवस्थाको मानसिक समस्या अर्थात् पोष्टपार्टम डिप्रेशन भनिन्छ । यो अवस्था बच्चा जन्मदेखि केही हप्ता सम्ममा नै देखिन्छ र कसै कसैलाई त एक वर्षसम्म जुनसुकै बेला पनि हुनसक्छ ।

    लक्षणहरू

    • बच्चासँग नजिकको सम्बन्ध राख्न गाह्रो मान्ने र कसै कसैले त बच्चालाई वास्तै गर्दैनन्,
    • जति वेला पनि उदास मन हुने र अरूसँग बोलचाल गर्न मन नपराउने,
    • जति बेला पनि थकाइ लागेको महसुस हुने,
    • निद्रा नलाग्ने,
    • आफू शारीरिक र मानसिक रूपमा कमजोर भएको ठाने र दोषी महसुस गर्ने,
    • बेला बेलामा भयभीत हुने हुँदा अत्तालिएको व्यवहार देखिने,
    • आफू वा बच्चालाई हानि पुर्याउने किसिमको विचार आउने,
    • खानपानमा अरुचि हुने,
    • पहिले मन परेका कुराहरू वा रमाइलो लाग्ने कुराहरू प्रति पनि वितृष्णा जाग्ने,

    सुत्केरी अवस्थामा मनोविकृति (Postpartum Psychosis)

    पोष्टपार्टम डिप्रेशनको अवस्थामा राम्रो व्यवस्थापन हुन नसकेका र त्यसको अवस्था बढ्दै जाने क्रममा सुत्केरी अवस्थाको मनोविकृति अर्थात् पोष्टपार्टम साइ कोसिस अवस्थामा पुग्न सक्छ । यो मानसिक समस्याको अझै जटिल अवस्था हो । यो अवस्था बच्चा जन्मेको दुई हप्ता पछिबाट एकाएक देखिन सक्छ ।

    लक्षणहरू

    • कतै नआएको आवाज पनि आवाज सुनेको भ्रम पैदा हुने वा दृष्टिभ्रम हुने (केही नभए पनि उनीले मात्रै देख्ने),
    • असत्य कुराहरू पनि सत्य लाग्ने ।
    • कहिले उच्च मनस्थिति र कहिले अत्यान्तै निराशा पन आउने,
    • प्राय शङ्कालु र कहिले भयभीत हुने,
    • अरू बेलाको सामान्य व्यवहार भन्दा निकै फरक किसिमको र अनौठो व्यवहार देखाउने,

    उपचार तथा व्यवस्थापन

    यसमा त गर्भ अवस्था देखि नै व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ । गर्भ अवस्थामा सधैँ आफू असुरक्षित भएको वा जोखिम अवस्थामा भएको अनुभूति गरिरहँदा रहिदैं बच्चा जन्माउँदा आएको मानसिक तनावले यी समस्याहरू आएका हुन्छन् । गर्भ अवस्था देखि नै आफू सुरक्षित भएको र यसको लागि परिवार प्रति भरोसा गएको महसुस गराउनु पर्दछ । सुत्केरी गराउँदा श्रीमान र परिवारका अरू सदस्यहरू पनि साथसाथै भएको हुनुपर्छ जसले गर्दा उनीहरूले सुरक्षित महसुस गर्न सक्छन् । विशेषगरी सुत्केरी गराउने पूर्व तयारी देखि नै श्रीमानको माया र सहयोगको महसुस गराउनु आवश्यक छ । यसले गर्दा उनीहरूलाई मानसिक तनाव कम हुन्छ । सबै भन्दा मुख्य कुरा श्रीमान र परिवार वा आफन्तले आफूलाई माया गरेको छ भन्ने कुरामा सुत्केरी विश्वस्त भएको हुनुपर्छ ।

    सुत्केरी भएपछि मानसिक समस्याका लक्षण देखा परेपछि आफू कमजोर महसुस भएको कारणले उनीहरूले आफ्ना भावना तथा लक्षणहरू कसैलाई पनि भन्न रुचाउँदैन । त्यसको उपाय भनेको उनीहरूसँग नजिकको सम्बन्ध बनाउने र माया गर्नु नै हो । मानसिक रूपमा सबल बनाउन मित्रता पूर्ण तरिकाले सहयोग र प्रोत्साहन गरिरहनु पर्दछ ।  

    यो स्थितिमा अनुभवी स्वास्थ्य कर्मी र आवश्यक परेमा मनोसामाजिक परामर्शको लागि मनोचिकित्सकको सहयोग लिइनुपर्छ । यसका साथै उनीहरूको मिल्ने साथी वा नातेदारहरूको पनि सहयोगलिन आवश्यक छ । यसका अलावा निम्न कुराहरू अवलम्बन गर्नुपर्छ

    • व्यवस्थापन गर्ने जति नै गाह्रो भए पनि सकारात्मक कुरा मात्रै गर्ने,
    • बिरामीको अगाडि वा सुन्नेगरी कसैको पनि नराम्रो कुरा नगर्ने वा कसैलाई पनि गाली नगर्ने,
    • श्रीमानले नै बच्चा र सुत्केरीको हेरचाहमा बढि समय दिने र श्रीमान नभएमा मात्रै परिवारमा अरू भन्दा नजिक ठानेको मानिसले सुत्केरी र बच्चाको स्याहारमा सहयोग गर्ने,
    • पर्याप्त मात्रामा आराम गर्ने ।
    • उब्जिएका विचार तथा भावनाहरू श्रीमान् , र नजिकका साथी तथा नातेदारलाई खुला रूपमा भन्न प्रोत्साहन गर्ने र भावनाको व्यवस्थापन गर्न सकारात्मक तरिका अपनाउने,
    • समुदायको आमा समूहको सामूहिक अनुगमन र परामर्श भएमा त्यो निकै प्रभाकारकी हुनसक्छ ।
    • आफूलाई दैनिक कार्यमा सहयोग माग्न प्रेरित गर्ने र ससानो काममा संलग्न हुन चाहेमा त्यसको लागि सहज वातावरण बनाइदिने तर आरामको आवश्यकता हुने हुँदा धेरै समयसम्म काममा नलगाउने  ।
    • निद्रा कम लगाउने खानाहरू सेवन नगराउने र सुत्केरीका अगाडि अरूले पनि सेवन नगर्ने ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री