[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. महिनावारी भएकी म नारी | Yaunik Media
  • २०८२ जेष्ठ ३, शुक्रबार
  • |
  • Friday 16th May 2025
  • महिनावारी भएकी म नारी

    १४ जेष्ठ २०७८, शुक्रबार १६:३५

    *पुजा गर्तौला, जनस्वास्थ्य कर्मी*

    महिनावारी भएकी म नारी

    पुरुषको रगतमा छ वीरताको चिनारी

    तर महिलाको रगत भनेसमाजलाई भारी

    के गर्नु यस्तै नै छ हाम्रो देशमा प्रत्येक महिलाको कहानी!!

     उही छोरा school जाँदाछोरी भने छाउ घरमा किन?

    यस्ता कुरिती मान्नु पर्ने समाजको कर मा नै किन?

    हे पितृ समाज, तिमीले बनायौ यस्ता कुप्रथा

    अनि हामी नारी ले मान्नु पर्ने तिम्रै भरमा किन??

    सधैं छिर्ने भान्छा घरमा आज जान दिन्नौ किन?

    सधैं पुज्नु पर्ने तिम्रा देउतालाईआज मान्न दिन्नौ किन?

    सधैं पतिका खुट्टा लाई कर गरी छुन लगाउनेमेरा सासु तर

    आज मेरा यि दिनमा उनका गोडा छुन सम्म दिन्नौ किन?

     कसरी अपवित्र भए भन मेरा यौन अंग बाट बगेका ति रगत?

    कसरी अपवित्र भए भन मेरा यौन अंग बाट बगेका ति रगत?

    कसरी कल्पना गर्न सक्छौ तिमी बिना महिलाबाट बनेको त्यो जगत?

     कसरी कल्पना गर्न सक्छौ तिमी बिना महिलाबाट बनेको त्यो जगत?

    मैले सुनिन कहीं कतै कुनै देवि महिनावारी भएको

    मैले देखिन कहीं कतै कुनै देवि छाउ घरमा गएको

    मैले जानिन विकसित देशमा महिनावारी लाई यति ठूलो विषय बनाएको

    बरु थाहा पाए प्रत्येक 28 may मा World Menstruation Hygiene Day मनाएको

    बरु थाहा पाए प्रत्येक 28 may मा World Menstruation Hygiene Day मनाएको।।

    आज यस Menstruation Day मा हामी सबै मिलि एक अठोट गरौं।

    महिनावारी हुँदा नछुने वा पर सर्ने होइन

     हामी सधैं अगाडि बढौ महिनावारी हुँदा नछुने वा पर सर्ने होइन हामी सधैं अगाडि बढौ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री