• २०७८ साउन २०, बुधबार
  • |
  • Wednesday 4th August 2021
  • यौन सम्पर्क नगर्दा र हस्तमैथुन नगर्दा त्यो बिर्यले हामी छोरा मान्छेलाई केही हानि गर्छ्की गर्दैन ?

    २९ जेष्ठ २०७८, शनिबार २१:५६

    सर्वप्रथमतः प्रश्नको लागि धेरै धन्यवाद, बाल्यस्थाबाट १० बर्षको उमेर भएपछि किशोरावस्था शुरु हुन्छ । त्यसबेला देखि अण्डाकोषमा वीर्य उत्पाद शुरु हुन्छ ।   पुरुषहरूको किशोरावस्थाको शुरूवातबाट उत्पादन सुरु हुने शुक्रिट जीवनभरि भइरहेको हुन्छ र प्रत्येक क्षणमा उत्पादन भइनैरहन्छ । उत्पादन भएको वीर्य र शुक्रकिटहरू निश्चित समयावधि भित्र नष्टहुने क्रम पनि चलिरहेको हुन्छ । स्वप्न दोष हुँदा थाहा हुनेगरी निश्कासन हुन्छ र अरू बेलामा थाहा नहुनेगरी लिङ्गबाट निश्कासन भइरहेको हुन्छ । शरीरमा नै जम्मा भएर बसेको शुक्रकिटले कुनै हानी नोक्सानी गरेको कुरा अहिलेसम्म भएका अध्ययन अनुसन्धानहरुले प्रमाणित गरेको छैन । यौनसम्पर्क वा हस्तमैथुन नगर्दा सन्तान उत्पादन प्रक्रियामा कुनै पनि समस्या हुँदैन । हस्तमैथुन गर्नु या नगर्नुले हानी वा फाइदा केहि हुदैन । यो आफ्नो इच्छामा भरपर्छ । यौन सम्पर्क गर्दा यौन साथीको इच्छा विपरित वा दवावमा गर्नु चाहिँ अपराध हो । आफ्नो यौन सन्तुष्टि पूरा गर्ने उद्देश्यले अरू माथिको यौन हिंसा हुनुहुदैन । यो कार्य कानुनी रुपमा पनि दण्डनीय छ ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत