[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. प्रजनन ग्रन्थिको प्रोस्टेट, बेवास्ता गरे क्यान्सर हुनसक्छ | Yaunik Media
  • २०८२ बैशाख १५, सोमवार
  • |
  • Monday 28th April 2025
  • प्रजनन ग्रन्थिको प्रोस्टेट, बेवास्ता गरे क्यान्सर हुनसक्छ

    ६ भाद्र २०७८, आईतवार १७:२३

    यौनिक डेस्क

    पुरुषको प्रजनन ग्रन्थिहरू मध्ये प्रोष्टेट पनि एक हो । वयस्क उमेरमा पुगेपछि यो ग्रन्थिमा समस्या आउने पुरुषहरू धेरै हुन्छन् । कतिपयलाई युवा उमेरमा पनि भएको पाइन्छ । धेरैले पिसाप सम्बन्धी समस्या भन्ठानेर त्यसै अनुसारको उपचार गरेका हुन्छन् । अनि, यसको शुरुको अवस्थामा पिसाप पोलेको जस्तो लाग्ने र सजिलै नसकिएको जस्तो लाग्ने हुनाले निकै असहज नभएसम्म उपचार गर्ने कुरामा  ख्याल गरेका हुँदैनन् । कठिन अवस्था आउँदा अप्रेसन गर्नुपर्ने हुनसक्छ वा लामो समयसम्म यसमा सङ्क्रमण हुँदा पनि बेवास्ता गरिरहेमा क्यान्सर हुने सम्भावना पनि हुन्छ ।  

    के तपाइहरू मध्ये कसैले यस्तो अनुभव गर्नुभएको छ ?   

    • शुरुमा पिसाप छिटोछिटो लाग्छ,
    • पिसाप गर्दा पिसाप पहेँलो नदेखिदा पनि पोलेको अनुभाव हुन्छ,
    • पिसाप गर्दा बीचबीचमा धारा  छुट्ने गर्दछ र लामो समयसम्म बेवास्ता गरेमा पछिदेखि पिसाप गर्न निकै बल गर्नुपर्ने हुन्छ,
    • पछिल्ला अवस्थामा अण्डकोष सुन्निन थाल्छ,
    • पिसापको गन्ध आउन थाल्छ,
    • पिसाप गरिसकेपछि नाइटोमुनि दुखेको अनुभव हुनथाल्छ,
    • पिसाप गरिसकेपछि अण्डकोष देखि मलद्वारसम्म दुख्न थाल्छ,
    • यौनसम्पर्क गरेर वीर्य स्खलन (खस्दा) पनि लिङ्गमा पोल्दै खसेको अनुभव हुनथाल्छ,
    • दिनमा भन्दा धेरै राती बढि पिसाप लाग्छ,
    • लामो समय पछि पिसाप गर्नु शुरु गर्नु पहिल्यै देखि धेरै पीडा हुनथाल्छ र भैसी दूध दोहेको जसरी लिङ्गलाई हातले निचोरेर पिसाप निकाल्न पर्ने हुन्छ,
    • पछिल्लो अवस्था देखि थोरै पिसाप पनि रोक्न सकिँदैन र जतिबेला पनि पिसाप लागिरहेको जस्तो अनुभाव हुन्छ । 

    कहिलेकाहीँ प्रोस्टेटको नै समस्या नभएर प्रजनन ग्रन्थिहरूमा अरू किसिमका सङ्क्रमण वा यौन प्रसारित सङ्क्रमण (Sexually Transmitted Infections -STIs) जस्ता समस्याले पनि माथि उल्लेखित लक्षणहरू मध्ये अधिकांश मिल्दोजुल्दो किसिमको हुनेहुनाले यस्तो समस्या देख्नासाथ वा अनुभव गर्जनासाथ सम्बन्धित यौन चिकित्सकसँग सम्पर्क गरी उपचारका लागि विस्तृत रूपमा जाँच गर्नुपर्छ ।  

    यौनसम्पर्क र प्रोस्टेट

     प्रोष्टेटको समस्या बढ्दै जाने क्रममा यौनसम्पर्क गर्ने क्षमतामा क्रमशः ह्रास हुँदै जाने हुँदा दाम्पत्य जीवनमा पनि खटपट आउने सम्भावना हुन्छ ।

    वीर्य र प्रोष्टेट

    अण्डकोषमा उत्पादित सुक्रकिटलाई प्रोस्टेट ग्रन्थीले यसलाई चाहीने खाना तयार गरी बचाएर राख्छ र सुरक्षा दिन्छ । अण्डकोषमा उत्पादित सुक्रकिट र प्रोस्टेट ग्रन्थीले उत्पादन गरेको खाना र अन्य तरल पदार्थ मिलेर बनेको मिश्रणलाई वीर्य भनिन्छ ।  वीर्य नियमित रूपमा उत्पादन भइरहेको हुन्छ र जति नयाँ उत्पादन हुन्छ त्यति त्यतिबेला प्रोष्टेटलाई काम गर्न सहज हुन्छ । जति मात्रामा वीर्य खर्च हुन्छ, त्यति मात्रामा उत्पादन भइरहेको हुन्छ । बाहिर ननिस्किएर जम्मा भइ बसेको वीर्यले प्रोस्टेटमा समस्या सिर्जना गरिरहेको हुन्छ । अर्थात् खुरुखुरु वीर्य खर्च भइरहँदा प्रोस्टेट पनि स्वस्थ भइरहन्छ । यसरी वीर्य र प्रोस्टेटको निकट सम्बन्ध हुन्छ ।

    हस्तमैथुन र प्रोष्टेट

    यसको अर्थ वीर्य खर्च गर्नु यौन सम्पर्क नै हुनु आवश्यक होइन । आफ्नो श्रीमती वा यौन साझेदार साथी नहुनेहरूले वैकल्पिक यौन विधि अपनाउन सक्छन् । त्यसको लागि सबै भन्दा सुरक्षित यौन सम्पर्क विधि हस्तमैथुन नै उपयुक्त हुन्छ । अनुसन्धानहरूले पनि हस्तमैथुनले मानसिक वा शारीरिक स्वास्थ्यमा कुनै हानी नोक्सान  पुर्याउँदैन भनेको पाइन्छ ।

    सल्लाह

    • महिना या वर्षौंसम्म यौन सम्पर्क हुँदैन वा हस्तमैथुन पनि गरिँदैन यदि भने प्रोस्टेटमा समस्या देखिन सक्छ त्यसैले हस्तमैथुन भएपनि नियमित गर्नुस । (कम्तिमा हप्तामा ४ पटक)
    • यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको सम्मान गर्दै यौनसम्पर्क सुरक्षित र मर्यादीत रूपमा मात्रै
    • हरेक दिन पर्याप्त पानी पिउनुहोस् (२४ घण्टामा पाँच लिटर)

    पिसापमा सामान्य समस्या आउँदा पनि यसका चिकित्सकसँग परामर्श गर्ने

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री