यौनिक अनलाइन पत्रिकाको जिज्ञासा बक्समा प्रश्न पठाउने हाम्रो पाठक मित्रलाई धन्यवाद । तपाइको प्रश्न अलि सजिलोसँग बुझ्न कठिन भयो ।
मानिस किशोरावस्थाको उमेरमा प्रवेश भएपछि वीर्य पनि उत्पादन हुन थाल्छ । किशोरावस्थामा प्रवेश गरेसँगै शरीरका अरू भाग जस्तै प्रजनन अङ्गको आकार पनि बढ्न थालेको हुन्छ । त्यसको प्रमाण हो उसको वीर्य पनि उत्पादन हुन थाल्नु । वीर्य उत्पादन हुन थालेपछि वीर्य स्खलन (बाहिर निस्कने कार्य) हुन थाल्छ । शुरुको अवस्थामा उत्पादन कम हुने हुँदा कम निस्कन्छ र मध्य किशोरावस्था देखि युवावस्थासम्म व्यापक उत्पादन हुन्छ । वयस्क हुँदै बृद्धावस्थामा पनि उत्पादन हुन्छ तर विस्तारै कम हुँदै जान्छ ।
जहाँसम्म तपाइको प्रश्न छ, वीर्य बाहिर निस्किएन । कुरामा अलि प्रस्ट हुन सकिएन । तपाइको यौन जीवनमा यौन सम्पर्क गर्दा तपाइले चाहेको बेलामा नआएको हुनसक्छ । कतिपय मानिसको सधैँ जाँड रक्सी वा कुनैपनि नशालु पदार्थ नियमित खाने लत बसेको भएमा ती मानिसहरू मध्ये अधिकांशको यौन शक्ति कम्जोर हुँदै जान्छ । यदि यौन सम्पर्क गर्न सक्षम भएपनि वीर्य स्खलन असाध्यै ढिलो हुँदा वीर्य आउनु अगाडि नै उसको लिङ्ग पूर्ण रूपले निष्क्रिय भइसकेको हुन्छ । वीर्य निस्कन लिङ्ग उत्तेजित अवस्थामा हुनुपर्छ तर हस्तमैथुन गर्नेहरूले भने निकै धेर्यता निकालेर वीर्य निकाल्न सक्छन् । यसो हुनुमा वीर्य नै नभएर ननिस्किएको होइन । किन कसैको छिटै निस्कन्छ र कसैको ढिला हुन्छ वा यौन सम्पर्क गरेको समयमा लिङ्ग निष्क्रिय भइसक्दा पनि वीर्य निस्कँदैन भन्ने जिज्ञासा धेरैको हुन्छ । यो कुनै रोगको कारण होइन । यसमा पहिलो कारण मानिसको मनोवैज्ञानिक अवस्था र अर्को कारण जाँड रक्सी वा लागू पदार्थको नशाको कारणले शरीरका स्नायु (नशा) प्रणालीमा पर्न गएको असर हुनसक्छ । यसबाहेक अरू कारण पनि हुन सक्छन् भने त्यसको लागि आफू स्वयं मनोचिकित्सक तथा यौन विशेषज्ञसँग सल्लाह लिनुपर्ने हुन्छ ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)