[REQ_ERR: COULDNT_CONNECT] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. प्रश्नः मेरो उमेर ३९ वर्ष भयो । म एक विवाहित पुरुष हुँ । मेरो लिङ्ग ढिलो उत्तेजित हुन्छ र उत्तेजित भए पनि लामो समयसम्म उत्तेजित हुँदैन । मेरो वीर्य चामलको दाना जस्तो निस्किन्छ । यस समस्याको समाधान के हाला ? | Yaunik Media
  • २०८१ पुस २८, आइतवार
  • |
  • Sunday 12th January 2025
  • प्रश्नः मेरो उमेर ३९ वर्ष भयो । म एक विवाहित पुरुष हुँ । मेरो लिङ्ग ढिलो उत्तेजित हुन्छ र उत्तेजित भए पनि लामो समयसम्म उत्तेजित हुँदैन । मेरो वीर्य चामलको दाना जस्तो निस्किन्छ । यस समस्याको समाधान के हाला ?

    ११ भाद्र २०७८, शुक्रबार १५:२८

    प्रश्न राख्ने पाठक ज्यूलाई धन्यवाद ।

    तपाइ विवाहित हुनुहुदोरहेछ, तै पनि तपाइको लिङ्ग ढिलो उठ्ने र उठे पनि लामो समयसम्म उत्तेजित नहुने समस्या रहेछ । अनि तपाइको वीर्य पनि चामल जस्तो आएछ ।

    यो जिज्ञासाको समाधान त पुरै हामीले गर्न सक्छौ जस्तो लागेन किनकी तपाइको समस्या मनोसामाजिक डाक्टरकै सम्पर्कमा आमान्ने सामुन्ने  बसेर कुरा गरेर मात्र समाधान होला जस्तो लाग्यो । किनकी तपाइले भनेजस्तै तपाइको लिङ्ग ढिला उत्तेजित हुने, भइहाले पनि स्खलन भन्दा पहिला लिङ्ग शिथिल हुने रोग नेपालमा दिनानुदिन बढ्दैछ ।

    हाम्रो स्रोतको जानकारी अनुसार यसको मुख्य कारण त अधिकांश मानिसहरू कुनै न कुनै कारणले मानसिक तनावमा छन्, त्यसपछि धेरै मानिस रक्सी वा लागु पदार्थ प्रयोग गर्छन् । र, अर्को कुरा भनेको अनियन्त्रित पूँजीको विकास हुनाले गर्दा कमजोर आर्थिक अवस्थाका  परिवारका मानिसमा आर्थिक तनाव पनि बढ्दै गएको छ । तनावले पनि मानिसको यौनिक समस्या आउँछ । यौनिक समस्या भनेको पुरुषको लागि यौन सम्पर्क गर्न मन नलाग्ने । गरि हाले पनि पहिलाको जस्तो पुरा समय गर्न नसक्ने । त्यही कारण कोही कोही रक्सी पिउँछन् । पिएको शुरुशुरुमा त लिङ्गले पनि  राम्रो काम गर्छहोला तर त्यसमा लत बसेपछि पहिलाको भन्दा पनि झनझन कमजोर भएर जान्छ र कतिपय परिवारमा श्रीमान श्रीमती  बीच मनमुटाउ र द्वन्द्व हुन्छ यही कारणले  ।  त्यसकालागी श्रीमान श्रीमती  विच सबै विषयमा खुलेर छलफल गर्नेहो भने पनि यस समास्यालाई कम गर्न सकिन्छ ।

    जहाँसम्म वीर्य चाहिँ चामल जस्तो भन्नुभयो । वीर्य बाहिर निकालेर हेर्दा सबैको त्यस्तै देखिन्छ । कसैको  चामल जस्तो, कसैको चिउरा जस्तो  कसैको सुक्खा खोकीको खकार जस्तो कसैको चुर्ना कीरो जस्तो पो देखिन्छ त । जे देखिएपनि बरु मानिस अस्वस्थ होला तर वीर्य अस्वस्थ कहिल्यै हुँदैन । तपाइको अन्य साथिहरुको जस्तै तपाइको पनि वीर्य निस्केको छ । विश्वस्त  हुनुहोस् ।  वीर्य स्वस्थ हुन्छ ।

    सल्लाहः कुनैपनि किसिमको सुर्ती जन्य पादार्थ, रक्सीजन्य पदार्थ र अन्य लागुओषध प्रयोग नगर्नु नै यौन जीवन सुरक्षित बनाउनु हो । यदि यौनिकता वा यौनसम्बन्धमा अझै कुनै जिज्ञासा भए उही बाटो  www.yaunik.com  मार्फत जिज्ञासा बाकसमा सोध्न सक्नुहुनेछ । यदि ठुलै समस्या भएमा विषयगत विज्ञसँग सम्पर्क गर्नुहोला वा सहोगको जरुरत परे पनि हामीलाई यही मार्फत जानकारी गराउनुहोला ।

    धन्यवाद ।

    तपाइको मत
  • भिडियो सामाग्री