[REQ_ERR: COULDNT_CONNECT] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. मोगरा भनेको के हो? | Yaunik Media
  • २०८१ पुस २९, सोमवार
  • |
  • Monday 13th January 2025
  • मोगरा भनेको के हो?

    २२ असार २०७९, बुधबार १३:२१

    प्रेम बहादुर खत्री /

    ‘मोगरा’ अर्थात् कन्डम । मोगरा रुकुम तिर प्रचलित शब्द हो । कन्डम वा ढाल शब्द बोल्न जति असहज लाग्छ त्यति असहज मोगरा बोल्दा लाग्दैन । गाउँ घरमा कन्डम भन्न लाज मानेर मोगरा भनिएको हुन सक्छ ।

    मोगराको महत्व धेरै छ भन्ने कुरा यताका समाजमा पनि जानकारी छ र  पनि प्रयोगमा धेरै छैन । मोगरा  परिवार नियोजन को अस्थायी साधनको रूपमा चिनिएको छ । यो एकबाट अर्को व्यक्तिमा यौन सम्पर्क मार्फत सर्ने सङ्क्रमण (यौन रोग) बाट पनि बचाउँछ । अझै पनि यहाँको गाउँघरमा यसका बारेमा खुलेर बोल्न हिचकिचाउने मानिसहरू छन् । उनीहरू बजारमा वा स्वास्थ्य केन्द्रहरूमा गएर मोगरा लीन असहज मान्छन् ।

    मोगराको प्रयोगलाई गाउँ घरमा पनि शहरको जस्तै प्रचारमा बढाउने हो भने गाउँमा शहरमा भन्दा पनि प्रभावकारी हुनसक्छ । मोगराको महत्वका बारेमा सबैलाई सचेत बनाउने कार्यक्रमहरू जस्तैः सडक नाटक पनि हो ।

    विद्यालयहरूका शिक्षकहरूलाई दिइने  “बृहत् यौनिकता शिक्षा” तालिमले यस्तो कार्यक्रम सञ्चालनको लागि सहयोग पुग्न सक्छ । जसको कारण पसलमा किन्न हिचकिचाउने मानिस  कम्तिमा प्राथमिक स्वास्थ्य केन्द्रमा पाइने निःशुल्क मगरा लिएर शुनिस्चित, सुरक्षित र सबल शान्त परिवारको लागि योजना बनाउन सक्छन् ।   * लेखक ………..  विद्यालयका सिस्ने गाउँपालिका ३ रुकुम पुर्बका शिक्षक हुनुहुन्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री