[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. के हो टेस्टोस्टेरोन (यौन) हार्मोन ? | Yaunik Media
  • २०८२ जेष्ठ ६, सोमवार
  • |
  • Monday 19th May 2025
  • के हो टेस्टोस्टेरोन (यौन) हार्मोन ?

    २ श्रावण २०७४, सोमबार १२:२७

    टेस्टोस्टेरोन पुरूषमा हुने यौन हर्मोन हो । यो हर्मोन पुरूषको अण्डकोषबाट उत्पादन हुने गर्छ भने महिलामा डिम्बासयबाट निस्कने गर्दछ । टेस्टोस्टेरोन हर्मोनले पुरूषको शारीरिक तथा प्रजनन् अंगको विकास गर्न सहयोगी भुमिका निर्वाह गरेको हुन्छ । यसले पुरूषको यौन क्रियाकलाप र यौन विकासलाई नियमन गर्दछ ।

    यसले के काम गर्दछ ?

    यो हर्मोनको मात्रा महिलाको तुलनामा पुरूषमा ३०-४० गुणाले बढी हुने गर्दछ । गर्भमा बनेको पुरुषभ्रुण (Male fetal) कै अवस्थामा यो हर्मनको उत्पादन शुरु हुनथाल्दछ  किशोरावस्थामा विकसित हुँदै जान्छ । यो हार्मोनले लिंग वरपर, काँखीमा, छातीमा रौँहरू पलाउँछ । साथै यस हर्मोनले यौन इच्छा जगाउने, आवाज धोत्रो बनाउने, शरीर हलक्क बढ्ने, शरीरका मांसपेशीको विकास गर्ने, शरीर बलियो बनाउने काममा पद्दत गर्दछ ।

    यसको मात्रा कम भएमा के हुन्छ ?

    पुरूषमा टेस्टोस्टेरोनको मात्रा कम हुँदा शारीरिक तथा मानसिक क्षमतामा कमि आउनुका साथै हड्डि तथा जोर्नीहरु धेरै दुख्ने, यौन इच्छामा कमी आउने, एकाग्रता हुन नसक्ने, बाँझोपनको संभावना हुने, भावनात्मक परिवर्तन भइरहने हुन्छ । शरीरमा  शरीरको तौल घट्ने, बोसोमा मात्रा बढ्दै जाने हुनाले मोटो देखिए तापनि शरीर कमजोर हुँदै जान्छ । टेस्टोस्टेरोनको मात्रा कम हुँदा बिर्सिने तथा सामान्य कुरामा पनि मानसिक तनाव हुने समस्यामा पनि देखा पर्नसक्दछ जसको परिणा आत्मविश्वासमा क्रमश कमि आउँदै जान्छ ।

    यसको मात्रा बढि भएमा के हुन्छ ?

    टेस्टोस्टेरोन हर्मोनको मात्रा बढी भएमा पुरूषको व्यवहारमा परिवर्तन आउँदछ । जस्तै: आक्रामक हुने, जोखिमपुर्ण क्रियाकलापहरु गर्न आँट आउँने, कतिपयले जाँड रक्सी वा लागुपदार्थको सेवन अत्याधिक गर्न सक्दछन । यहि स्वभावका कारण झैझगडाहरु धेरै गर्ने, असुरक्षित यौनसम्पर्क गर्ने हुँदा एचआइभि लगायत अन्य यौनजन्य संक्रमण हुने सम्भावना धेरै हुन्छ ।

    कुन अवस्थामा कति मात्रा हुन्छ ?

    टेस्टोस्टेरोन हर्मोनको मात्रा २० वर्षको उमेरमा सबै भन्दा धेरै हुने गर्छ भने ३० वर्ष पछि विस्तारै प्रत्यक वर्षमा १ प्रतिशतको दरले घट्दै जाने गर्छ । पुरुषमा यो हर्मोनको मात्रा बिहान बढि हुन्छ र रात पर्दै गए पछि घट्दै गएको हुन्छ । पुरूषमा २ सय ७० देखि १ हजार ७० नानोग्राम पर डेसिलिटर (NG/DL) सम्म टेस्टोस्टेरोनको मात्रा हुने गर्छ । टेस्टोस्टेरोनको मात्रा ४ सय दखि ६ सय (NG/DL) सम्म सुरक्षित र सामान्य अवस्थामा हुनेगर्छ ।

     

    तपाइको मत
  • भिडियो सामाग्री